इन्द्रकुमार तामाङ
१९ असोज, २०७८
मेलम्ची। सिन्धुपाल्चोकको मेलम्ची न.पा. वडा नं ५,
सिन्धुकोटस्थित सिन्धुपुरानागाउँ माध्यमिक विद्यालयमा ' विश्व
शिक्षक दिवस ' तथा 'वडा दशैँ
२०७८' को
उपलक्षमा विविध अतिरिक्त क्रियाकलाप तथा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न
भएको छ । सो अवसरमा वक्तृत्वकला कार्यक्रम, हिज्जे प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता,
साँस्कृतिक कार्यक्रम, स्रुतिलेखन, सिटी बम ब्लास्ट र सटपुट प्रतियोगिता सम्पन्न
भएको थियो ।
कार्यक्रम ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी(Rural Health and Education Service Trust – RHEST) तथा विद्यालयको
संयुक्त आयोजनामा भएको थियो । उक्त कार्यक्रम विद्यालय RHEST अध्यक्ष अस्मिता खतिवडा को सभाध्यक्षतामा र सचिव
रोजिना पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्र.अ. कुमारप्रसाद खतिवडाले विजया दशमी २०७८ को शुभकामना तथा प्रतियोगितामा सफल विद्यार्थीहरूलाई बधाई दिँदै पुरस्कार वितरण गर्नुभएको थियो ।
फोटो फिचरः
No comments:
Post a Comment