Shree Sindhupuranagaun Secondary School: विद्यालयकाे परिचय

नयाँ सामग्री

Showing posts with label विद्यालयकाे परिचय. Show all posts
Showing posts with label विद्यालयकाे परिचय. Show all posts

Friday, September 17, 2021

विद्यालयको ऐतिहासिक पृष्ठभूमि

September 17, 2021 0

 विद्यालयको ऐतिहासिक पृष्ठभूमि

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानी काठमाडौबाट करिब २९ कि.मि.उत्तर पूर्व तथा जिल्ला सदरमुकाम चौताराबाट पनि करिब २९ कि.मि. पश्चिममा समुन्द्र सतहदेखि १३५९ मिटर उचाईमा २७.८१० अक्षांश र ८५.५१० देशान्तरमा रहेको छ । जिल्लाकै ऐतिहासिक थुम मानिने सिन्धुपाल्चोक जिल्लाकै .नामाकरण गर्न सफल सिन्धुकोट गाविस, हाल मेलम्ची न.पा.वडा नं. ५,  को बीचमा वि.सं.२००६ साल बैशाख ५ गते भाषा पाठशालाका रुपमा स्थापित विद्यालय नै हालको श्री सिन्धुपुरानागाउँ मावि हो । राणाकालको अवसान र प्रजातन्त्रको गर्भधारणको संघारविन्दुमा स्थापना गरिएको यो विद्यालयले स्थापनाका लागि यसै गा.वि.स.का तत्कालिन समाजसेवी श्री टिकानिधि सिग्देल, टिकामाधव सिग्देल,हिरालाल भट्टराई, अनिरुद्र सिग्देलको सक्रियतामा रहेको पाइन्छ । भवनविनाको विद्यालय स्वीकृत भएको र पठनपाठनका लागि सिन्धुकोट–२, तेजनाथ लुईटेलको घरमा पठनपाठन कार्य सुरु भएको अध्यापनका लागि सिन्धुकोट–२, निवासी वेदविलास सिग्देललाई नुवाकोट समुन्द्रटारबाट सरुवागरी ल्याइएको पाइन्छ । सो पछि जिमल टिकामाधव सिग्देलको सक्रियतामा सिन्धुकोट–२ स्थित घर्तीको चौरमा विद्यालय भवन निर्माण गरिएको र १० बर्षपछि बर्षातको पानीले उक्त भवन लडेपछि सोही चौरको सल्लाको बोटमुनि पठनपाठनको कार्य गर्न बाध्य भएको पाइन्छ । भाषा पाठशाला भएतापनि पछि विद्यालयमा संस्कृत  र कर्मकाण्डको विषयहरु पढाउन थालेको पाइन्छ । वि .सं २०२१ सालमा पुरानागाउँस्थित टारमा ६ कोठे नयाँ भवन निर्माण गरी पठनपाठन कार्य सुरु गरेको देखिन्छ । वि. सं.२०२६ सालमा पुनः बर्षातको पानीले उक्त भवन लडेपछि घर्तीकै चौरमा पठनपाठन सुरु गरेको देखिन्छ ।

रा.शि.प.यो २०२८ यस जिल्लामा २०३० सालबाट लागु भएपछि बि.सं.२०३० सालमा कक्षा १–३ सञ्चालन गर्नेगरी प्राथमिक विद्यालयका रुपमा स्वीकृति दिएको देखिन्छ । विद्यालय अगाडि बढाउने क्रममा वि.सं. २०३२ सालमा यसै ठाउँमा ६ कोठे विद्यालय भवन निर्माण भएको पाइन्छ । यसैक्रममा २०३३ श्रावण ४ गते तत्कालीन जिशिका सि.पा. चौताराबाट निमावि स्वीकृत, २०३७ फल्गुण ९ गते प्रस्तावित मावि तह स्वीकृत, २०३८ पुस ७ गते जिशिका सि.पा. चौताराबाट मावि स्वीकृत दिएको पाइन्छ । यसरी विद्यालयको तह वृद्धि सगैँ भवनको खाँचो परेको हुँदा २०३६ सालमा समाजसेवी एवं वुद्धिजीवीश्री दीपबहादुर रायमाझीको सक्रियतामा रोहिणीराज सिग्देलले प्रदान गरेको १ रोपनी जग्गामा हालको १० कोठे भवन वि.सं.२०३६ साल पुस २७ गते तत्कालीन जिशिअ श्री. चन्द्रबहादुर खड्काज्यू बाट शिलान्यास गरिएकोले यो विद्यालयको जन्मदिवस आजको दिनमा मनाउंदै आएको देखिन्छ । उक्त भवन निर्माणमा श्री चन्द्रबहादुर रायमाझी, श्री चन्द्रबहादुर नेपाल र मुरली पाख्रीनले निःशुल्क रुपमा गाह्रो लगाएको देखिन्छ ।  विद्यालयले विकासको क्रममा विभिन्न आरोह अवरोह पारगर्दै आउँदा वि.सं. २०५० साल तिर शिक्षकहरुले तलबसमेत खान नपाएको कटु यथार्थ पनि विद्यालयको अभिलेखमा पाइन्छ । यसै क्रममा विद्यालयको प्र.अ. रवि घिमिरेज्यूको आगमन  र एक्सन नेपालमा कार्यरत तत्कालीन स्थानीय कर्मचारी माधवप्रसाद सिग्देल सक्रियतामा विद्यालयले आर्थिकरुपमा सबलता प्राप्त गरेको देखिन्छ । वि.सं.२०५७ सालबाट विद्यालयको विकास र विस्तार गर्ने क्रममा शैक्षिक स्थितिमा निकै फड्को मारेको देखिन्छ। शैक्षिक फड्को मार्ने क्रममा यस विद्यालयमा स्थानीय शिक्षक कुमारप्रसाद खतिवडाको नियुक्ति संगै विद्यालयले योजनावद्ध र संस्थागत विकास भएको देखिन्छ। इतिहासमा कतिपय समयमा एसएलसी परीक्षामा नील समेत भएको देखिन्छ । वि.सं.२०३८ सालमा मावि भएको यो विद्यालयले लामो समयसम्म सफल नेतृत्व प्राप्त गर्न नसकी जीर्ण अवस्थामा बसेको देखिन्छ । यसै क्रममा २०६२ साल असार २३ गतेबाट यो विद्यालयमा १०+२ वा उच्च मावि सञ्चालित हुँदै अहिलेसम्म आशातीत उपलब्धि प्राप्त गर्न सफल रहेको देखिन्छ।

विद्यालयका महत्वपूर्ण दिनहरुः

क्र.सं.

मिति

सञ्चालित तह

१

२००६ बैशाख ५ गते

भाषापाठशाला स्थापना

२

२०३० चैत्र

प्रावि तह स्वीकृत

३

२०३३ श्रावण ४ गते

निमावि तह स्वीकृत

४

२०३७ फाल्गुण ९ गते

प्रस्तावित मावि तह स्वीकृत

५

२०३८ पुस ७ गते

मावि तह स्वीकृत

६

२०६२ असार २३ गते

१०+२ तह स्वीकृत

 विद्यालयका संस्थापकहरु अध्यक्षहरु:

तह

संस्थापक अध्यक्ष

प्रा. वि.

टिकामाधव सिग्देल/ हिरालाल भट्टराई

नि.मा.वि

हरिप्रसाद सिग्देल

मा.वि.

दीपबहादुर रायमाझी

१०+२

कुमारप्रसाद खतिवडा

Read More