2021 - Shree Sindhupuranagaun Secondary School

नयाँ सामग्री

Tuesday, December 28, 2021

बालविवाह न्यूनिकरण सम्वन्धी सडक नाटक प्रदर्शन सम्पन्न

December 28, 2021 1

 इन्द्रकुमार तामाङ

१३ पौष, २०७८

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची न.पा. वडा नं ५, सिन्धुकोटस्थित सिन्धुपुरानागाउँ माध्यमिक विद्यालयमा बालविवाह न्यूनिकरण सम्वन्धी सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र उज्ज्वल तारा महिला समूह, मेनपा ११ को आयोजनामा सडक नाटक कार्यक्रम श्री सिन्धुपुरानागाउँ मावि परिसरमा अभिभावक , विद्यार्थी तथा शिक्षकहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची न.पा.का उपमेयर भगवती नेपालले जिल्लाको छिमेकी पालिकामा भएको बालविवाह उदाहरण प्रस्तुत गर्दै बालबिवाह न्युनिकरण र अन्त्य गर्न नगरपालिका लागिरहेको र बालबिवाह न्युनिकरण र अन्त्य गर्न आफू सधैँ लागिरहने प्रतिबद्धता जनाउनु भएको थियो । 

वडा नं ५ का वडाध्यक्ष सुदर्शन लुँइटेलले बालविवाह न्युनिकरण गर्न आफू र आफ्नो वडा सधैँ लागिरहने बताउनु भएको थियो । साथै उहाँले यस्तो किसिमको जनचेतना फैलाउने गरेकोमा खुसि ब्यक्त गर्दै धन्यवाद समेत दिएका थिए । उक्त कार्यक्रममा मेलम्ची न.पा. वडा नं ५ का वडा सदस्य तथा मेलम्ची न.पा. न्यायिक समिति सदस्य लुमडीराज खतिवडाले वडा नं ५ लाइ जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गर्न प्रयास गरिरहेको जानकारी दिनुभएको थियो ।

वि.व्य.स अध्यक्ष केशव पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय प्र.अ. कुमारप्रसाद खतिवडाले स्वागत मन्तव्य, कल्पना चालिसेले कार्यक्रमको ‍औचित्य राख्नुभएको थियो ।


फाेटाे फिचरः














सडक नाटक भिडियोः यहँ क्लिक गर्नुहाेस्
Read More

Tuesday, November 9, 2021

एकीकृत पाठ्यक्रम (Integrated Curriculum ) कक्षा १- ३ का विषहरूको थिम अनुसार सिकाइ उपलब्धी

एकीकृत पाठ्यक्रम (Integrated Curriculum) अनुसार कक्षा १, २ र ३ का थिमहरू ( सबै विषय )।

November 09, 2021 0



नाेटः माथीका थिमहरू विद्यालयका आधारभूत तह (१-५) का शिक्षकहरूले पाठ्यक्रमका आधारमा तयार पार्नुभएकाे हाे ।
 

Read More

Monday, October 25, 2021

प्रधानाध्यापकको मन्तव्य

October 25, 2021 0

 मन्तव्य

कुमारप्रसाद खतिवडा, प्रधानाध्यापक

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी काठमाण्डौबाट करिव ३० कि.मी. उत्तर पूर्व तथा समुन्द्र सतहदेखि १३५९ मिटर उचाइमा २७.८१० अक्षांस र ८५.५१० देशान्तरमा रहेको जिल्लाकै ऎतिहाँसिक थुम मानिने सिन्धुपाल्चोक जिल्लाकै नामकरण गर्ने श्रेय पाएको तत्कालीन सिन्धुकोट गाविस (हाल मेलम्ची न.पा. वडा नं ५) को मध्यभागमा वि.सं. २००६ साल वैशाख  ५ गते भाषा पाठशालाका रूपमा स्थापित विद्यालय नै हालको श्री सिन्धुपुरानागाउँ मा.वि. हो । राणाकालको अवशान एवं प्रजातन्त्रको गर्भाधारणको संघारविन्दुमा स्थापित यस विद्यालयले स्थापनाकालदेखि हालसम्म यस क्षेत्रमा शिक्षाको ज्योति फैलाउँदै शैक्षिक जनशक्ति उत्पादन गरेको छ । सुरूमा संस्कृत भाषाको पठनपाठन गरिने यो विद्यालयले क्रमश २०३० सालमा प्रा.वि. तह, २०३३ सालमा निमावि तह , २०३७ मा प्रस्तावित मावि तह , २०३८ मा मावि तह र २०६२ सालमा तत्कालीन उमावि तह स्वीकृत भइ गाउँमै कक्षा १२ सम्म अध्ययन गराउने स्थिति सिर्जना गरेको देखिन्छ ।

विद्यालय भनेको शैक्षिक उन्नयन र विकासको थलो हो । यहाँ सिक्ने र सिकाउने कार्य प्रभावकारी तवरले संचालन गर्न आवश्यक हुन्छ । विद्यालय मूर्त वस्तु मात्र हो यसभित्र संचालन गरिने शैक्षिक गतिविधिले उक्त विद्यालयको पहिचान स्थापित गर्न सक्दछ । समय र सन्दर्भ अनुसार शिक्षणका विधि र प्रक्रियाहरूमा पनि सुधार गर्दै जानु पर्ने हुन्छ । शैक्षिक , भौतिक मानवीय र व्यवस्थापकीय पाटोलाइ व्यवस्थित गर्न सक्दामात्र हामीले चाहेको र राज्यले खोजेको लाभ प्राप्ति गर्न सकिन्छ । हाल विद्यालयको भौतिक पाटोमा खेलमैदान भन्दा बाहेक अन्य पक्ष सबल नै रहेका छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, बालमैत्री वातावरणमा सिकाइ भइनै रहेको छ ।उत्साहित, जिज्ञासु, क्रियाशील, लगनशील , इमान्दार शिक्षक स्टाफका कारण सिकाइमा सुधार भैरहेको देखिन्छ । विद्यालयमा CAS, CAR, TIP, SARP,LOCOS को प्रयोग भइरहेको छ । जसले सिकाइ सुधारमा सहयोग पुर्याएको छ । विद्यालयमा टिचिङ र नन टिचिङ स्टाफ गरी जम्मा २१ जना जनशक्तिले कक्षा नर्सरी देखि कक्षा १२ सम्म संचालन गरिँदै आएको छ । विव्यस, शिअस र शिक्षक स्टाफका बीचमा सहकार्य र सामूहिकता रहेको छ । हामी सबैको अन्तिम गन्तव्य भनेको समायानुकुलको गुणस्तरीय व्यवहारीक शैक्षिककक जनशक्ति उत्पादन गर्नु नै हो ।२१ औँ शताब्दीमा भएको विज्ञान तथा प्रविधिको तीब्र विकासले समाज दिनप्रतिदिन जटिल बन्दै गएको छ ।जटिल समाजका चाहाना र आवश्यकताहरू शिक्षाले पूरा गरिदिनु पर्छ । त्यसैले शिक्षण   प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ । नवीनतम शिक्षण प्रविधिलाइ शैक्षिक सञ्चार र प्रविधिको रूपमा प्रयोग गर्दै विश्वमा आएका नयाँ नयाँ प्रविधिलाइ शिक्षण सिकाइ कार्यमा प्रयोग गर्न नसकेमा शिक्षक र सिकारू दुवैको भविश्य अन्धकार देखिन्छ । विज्ञान तथा प्रविधिको विकासले ल्याएका कम्प्युटर, इन्टरनेट, इमेल , प्रोजेक्टर , टिभी आदिको प्रयोग गरी शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको छ । ज्ञान र सीपको खोजीका लागि इन्टरनेट , इ-पुस्तकालय र विभिन्न वेभसाइट को प्रयोग गर्न सकिने अवस्था रहेको छ । यस्तो समय सन्दर्भमा विद्यालले वेभसाइट मार्फत सार्वजनिक गर्न पाउँदा सवैमा खुसी र आभार ब्यक्त गर्न चहान्छ ।

अन्त्यमा विद्यालयको स्थापनाकालदेखी हालसम्म प्रत्यक्ष – अप्रत्यक्ष रूपमा सहयोग पुर्याउँदै आउनुभएका जग्गादाता, संस्थापक, विव्यस, शिअस पदाधिकारी एवं शिक्षक कर्मचारी, विद्यार्थी एवं अभिभावक वर्ग सवैमा समयानुकूल परिवर्तन हुँदै विद्यालयको चौतर्फी विकासमा लाग्न आग्रह गर्दै विशेषत यो वेभसाइट निर्माण गर्नुहुने हाम्रा सहकर्मी शिक्षक इन्द्रकुमार तामाङलाइ विशेस धन्यवाद एवं आभार व्यक्त गर्दछ । यो वेभसाइट मार्फत विद्यालका सम्पूर्ण शैक्षिक एवं व्यवस्थापकीय, शिक्षक तथा विद्यार्थीका नवीनतम् सिर्जनाहरू समेत प्रकाशित गर्ने प्रतिवध्दता व्यक्त गर्दछ ।

धन्यवाद !

Read More

Tuesday, October 5, 2021

विश्व शिक्षक दिवस तथा वडा दशैँ २०७८ काे अवसरमा कार्यक्रम सम्पन्न (फोटो फिचर)

October 05, 2021 0

 इन्द्रकुमार तामाङ

१९ असोज, २०७८

मेलम्ची। सिन्धुपाल्चोकको मेलम्ची न.पा. वडा नं ५, सिन्धुकोटस्थित सिन्धुपुरानागाउँ माध्यमिक विद्यालयमा  ' विश्व शिक्षक दिवस ' तथा 'वडा दशैँ २०७८' को उपलक्षमा विविध अतिरिक्त क्रियाकलाप तथा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा वक्तृत्वकला कार्यक्रम, हिज्जे प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, स्रुतिलेखन, सिटी बम ब्लास्ट र सटपुट प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रम ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी(Rural Health and Education Service Trust – RHEST) तथा विद्यालयको संयुक्त आयोजनामा भएको थियो । उक्त कार्यक्रम विद्यालय RHEST अध्यक्ष अस्मिता खतिवडा को सभाध्यक्षतामा र सचिव रोजिना पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्र.अ. कुमारप्रसाद खतिवडाले विजया दशमी २०७८ को शुभकामना तथा प्रतियोगितामा सफल विद्यार्थीहरूलाई बधाई दिँदै पुरस्कार वितरण गर्नुभएको थियो ।

फोटो फिचरः























तस्विरः भुपेन्द्र कट्टेल/ राजु अर्याल

 

Read More

Wednesday, September 29, 2021

प्रथम त्रैमासिक परीक्षा तालिकाः २०७८ । श्री सिन्धुपुरानागाउँ मावि । मेलम्ची ५, सिन्धुकाेट, सिन्धुपाल्चाेक

जिल्लान्तर सरुवा रोक्का सम्बन्धमा र शिक्षक सेवा आयोगमा विज्ञापनको लागि सिफारिस खुल्ला तथा बढुवा (आप्र २५ % र ७५ %)

September 29, 2021 0

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षक  दरबन्दी विवरण सार्वजनिक गरेको छ। 

केन्द्रले स्थानीय तहसँग समन्वय गरी शिक्षक रिक्त विवरण अद्यावधिक गरेर शिक्षक सेवा आयोगलाई पठाएसँगै स्थायी शिक्षक विज्ञापनका लागि आयोगले प्रक्रिया सुरु गर्न सहज भएको हो। केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो ।

केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको दरबन्दी रिक्त रहेको छ भने माविमा विज्ञान ४३३, अंग्रेजी ३१३ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ । केन्द्रले आयोगमा पठाएको विवरणमा खुला तर्फ निमाविमा अंग्रेजी ६२२, सामाजिक ३५२, गणित विज्ञान ३६४, गणित ३७०, ऐच्छिक प्रथममा ९ गरी जम्मा २ हजार ५९३ दरबन्दी रिक्त रहेको उल्लेख छ ।

त्यस्तैगरी माध्यमिक तहमा नेपाली २३०, सामाजिक २०१,गणित २२८, ऐच्छिक प्रथममा १८ र ऐच्छिक द्वितीयमा ५९ गरी जम्मा १ हजार ५४२ शिक्षक दरबन्दी रिक्त रहेको छ । प्राथमिक तहमा १२ हजार ९१२ दरबन्दी रिक्त रहेको विवरण पठाएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

साथै रिक्त दरबन्दीको विवरण आयोगले पाइसकेको र नियमावली संसोधनको प्रक्रियामा रहेकाले विज्ञापनको प्रक्रिया सुरु भएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए।

थप हेर्नुहाेस्ः 

Read More

Wednesday, September 22, 2021

शिक्षक कर्मचारी विवरण

September 22, 2021 0
श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारी

श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय

मेलम्ची नगरपालिका–५, सिन्धुपाल्चोक, नेपाल

शिक्षक तथा कर्मचारी विवरण — २०८३

यस विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको नाम, पद/तह र शैक्षिक योग्यता वा विषयसम्बन्धी विवरण।

क्र.सं. नाम, थर पद/तह योग्यता/विषय
१कुमारप्रसाद खतिवडामाध्यमिक तह (९–१०), प्रथमएम.एड., एम.ए., नेपाली
२हरिप्रसाद सिग्देलमाध्यमिक तह (९–१०), तृतीयबि.एड., गणित
३माधव नेपालमाध्यमिक तह (९–१०), तृतीयएम.एड., एम.ए., LLB
४कृष्ण पुरीमाध्यमिक तह (९–१०), तृतीयबि.एड., विज्ञान
५नीलम खड्कामाध्यमिक तह (९–१०), तृतीयएम.एड., अङ्ग्रेजी
६महेशराज पन्तमाध्यमिक तह (११–१२)एम.बी.एस.
७डम्बर नारायण चौधरीमाध्यमिक तह (११–१२)एम.एड., अङ्ग्रेजी
८पार्वती थापाआधारभूत तह (६–८), तृतीयएम.एड., नेपाली
९पार्वती थापाआधारभूत तह (६–८), तृतीयबि.एड., विज्ञान
१०शेरबहादुर बुढाआधारभूत तह (६–८), तृतीयएम.एड., गणित
११शिवराम खतिवडाआधारभूत तह (६–८), राहत१०+२, गणित
१२रामबाबु नेपालआधारभूत तह (१–५), द्वितीय१०+२
१३सरिता रायमाझीआधारभूत तह (१–५), तृतीय१०+२
१४मनोज कुमार ओलीआधारभूत तह (१–५), तृतीयबि.एड., अङ्ग्रेजी
१५अमृता सापकोटाआधारभूत तह (१–५), तृतीयएम.एड.
१६मोतिकला कुमारी पाण्डेआधारभूत तह (१–५), तृतीयबि.एड.
१७सुभद्रा सिग्देलआधारभूत तह (१–५), तृतीय१०+२, गणित
१८सुनिता दुलाल खतिवडाई.सी.डी.१०+२, अङ्ग्रेजी
१९राजु अर्यालविद्यालय सहायकबी.बी.एस., लेखा,बि.एड.
२०रश्मी दनुवारविद्यालय नर्सपी.सी.एल. नर्सिङ
२१खडेन्द्र प्रसाद खनतिवडाविद्यालय सहयोगीसाक्षर
२२सबिता पाख्रिनविद्यालय सहयोगीसाक्षर

© श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय

Read More

बिद्यालय ब्यवस्थापन समिति।। शिक्षक अभिभावक संघ

September 22, 2021 0

 

क्र.स.

बिद्यालय ब्यवस्थापन समिति २०७७।०९।२३

शिक्षक अभिभावक संघ २०७७।०९।२३

पद

नामावली

पद

नामावली

१

अध्यक्ष

राजेन्द्र रायमाझी

अध्यक्ष

सोम बहादुर बोगटी

२

सदस्य

चमेली सार्की

सदस्य

सावित्रा नेपाल

३

सदस्य

प्रशंसा पुर्कुटी

सदस्य

राम ब  तामाङ

४

सदस्य

केशव रोका

सदस्य

मान ब तामाङ

५

सदस्य

सुन्तली मिजार

सदस्य

सरला रोका

६

सदस्य

मसली बोगटी

सदस्य

गणेश चौलागाई

७

सदस्य

ज्ञानेन्द्रमणि सिग्देल

सदस्य

मीना विक

८

सदस्य

सुर्दशन सिग्देल

सदस्य

 

९

सदस्य

 

सदस्य

 

१०.

सदस्य

शिवराम खतिवडा

सदस्य

सुभद्रा सिग्देल

११

सदस्य सचिव

श्री कुमारप्रसाद खतिवडा

सदस्य सचिव

श्री कुमारप्रसाद खतिवडा

 


Read More

Friday, September 17, 2021

विद्यालयको ऐतिहासिक पृष्ठभूमि

September 17, 2021 0

 विद्यालयको ऐतिहासिक पृष्ठभूमि

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानी काठमाडौबाट करिब २९ कि.मि.उत्तर पूर्व तथा जिल्ला सदरमुकाम चौताराबाट पनि करिब २९ कि.मि. पश्चिममा समुन्द्र सतहदेखि १३५९ मिटर उचाईमा २७.८१० अक्षांश र ८५.५१० देशान्तरमा रहेको छ । जिल्लाकै ऐतिहासिक थुम मानिने सिन्धुपाल्चोक जिल्लाकै .नामाकरण गर्न सफल सिन्धुकोट गाविस, हाल मेलम्ची न.पा.वडा नं. ५,  को बीचमा वि.सं.२००६ साल बैशाख ५ गते भाषा पाठशालाका रुपमा स्थापित विद्यालय नै हालको श्री सिन्धुपुरानागाउँ मावि हो । राणाकालको अवसान र प्रजातन्त्रको गर्भधारणको संघारविन्दुमा स्थापना गरिएको यो विद्यालयले स्थापनाका लागि यसै गा.वि.स.का तत्कालिन समाजसेवी श्री टिकानिधि सिग्देल, टिकामाधव सिग्देल,हिरालाल भट्टराई, अनिरुद्र सिग्देलको सक्रियतामा रहेको पाइन्छ । भवनविनाको विद्यालय स्वीकृत भएको र पठनपाठनका लागि सिन्धुकोट–२, तेजनाथ लुईटेलको घरमा पठनपाठन कार्य सुरु भएको अध्यापनका लागि सिन्धुकोट–२, निवासी वेदविलास सिग्देललाई नुवाकोट समुन्द्रटारबाट सरुवागरी ल्याइएको पाइन्छ । सो पछि जिमल टिकामाधव सिग्देलको सक्रियतामा सिन्धुकोट–२ स्थित घर्तीको चौरमा विद्यालय भवन निर्माण गरिएको र १० बर्षपछि बर्षातको पानीले उक्त भवन लडेपछि सोही चौरको सल्लाको बोटमुनि पठनपाठनको कार्य गर्न बाध्य भएको पाइन्छ । भाषा पाठशाला भएतापनि पछि विद्यालयमा संस्कृत  र कर्मकाण्डको विषयहरु पढाउन थालेको पाइन्छ । वि .सं २०२१ सालमा पुरानागाउँस्थित टारमा ६ कोठे नयाँ भवन निर्माण गरी पठनपाठन कार्य सुरु गरेको देखिन्छ । वि. सं.२०२६ सालमा पुनः बर्षातको पानीले उक्त भवन लडेपछि घर्तीकै चौरमा पठनपाठन सुरु गरेको देखिन्छ ।

रा.शि.प.यो २०२८ यस जिल्लामा २०३० सालबाट लागु भएपछि बि.सं.२०३० सालमा कक्षा १–३ सञ्चालन गर्नेगरी प्राथमिक विद्यालयका रुपमा स्वीकृति दिएको देखिन्छ । विद्यालय अगाडि बढाउने क्रममा वि.सं. २०३२ सालमा यसै ठाउँमा ६ कोठे विद्यालय भवन निर्माण भएको पाइन्छ । यसैक्रममा २०३३ श्रावण ४ गते तत्कालीन जिशिका सि.पा. चौताराबाट निमावि स्वीकृत, २०३७ फल्गुण ९ गते प्रस्तावित मावि तह स्वीकृत, २०३८ पुस ७ गते जिशिका सि.पा. चौताराबाट मावि स्वीकृत दिएको पाइन्छ । यसरी विद्यालयको तह वृद्धि सगैँ भवनको खाँचो परेको हुँदा २०३६ सालमा समाजसेवी एवं वुद्धिजीवीश्री दीपबहादुर रायमाझीको सक्रियतामा रोहिणीराज सिग्देलले प्रदान गरेको १ रोपनी जग्गामा हालको १० कोठे भवन वि.सं.२०३६ साल पुस २७ गते तत्कालीन जिशिअ श्री. चन्द्रबहादुर खड्काज्यू बाट शिलान्यास गरिएकोले यो विद्यालयको जन्मदिवस आजको दिनमा मनाउंदै आएको देखिन्छ । उक्त भवन निर्माणमा श्री चन्द्रबहादुर रायमाझी, श्री चन्द्रबहादुर नेपाल र मुरली पाख्रीनले निःशुल्क रुपमा गाह्रो लगाएको देखिन्छ ।  विद्यालयले विकासको क्रममा विभिन्न आरोह अवरोह पारगर्दै आउँदा वि.सं. २०५० साल तिर शिक्षकहरुले तलबसमेत खान नपाएको कटु यथार्थ पनि विद्यालयको अभिलेखमा पाइन्छ । यसै क्रममा विद्यालयको प्र.अ. रवि घिमिरेज्यूको आगमन  र एक्सन नेपालमा कार्यरत तत्कालीन स्थानीय कर्मचारी माधवप्रसाद सिग्देल सक्रियतामा विद्यालयले आर्थिकरुपमा सबलता प्राप्त गरेको देखिन्छ । वि.सं.२०५७ सालबाट विद्यालयको विकास र विस्तार गर्ने क्रममा शैक्षिक स्थितिमा निकै फड्को मारेको देखिन्छ। शैक्षिक फड्को मार्ने क्रममा यस विद्यालयमा स्थानीय शिक्षक कुमारप्रसाद खतिवडाको नियुक्ति संगै विद्यालयले योजनावद्ध र संस्थागत विकास भएको देखिन्छ। इतिहासमा कतिपय समयमा एसएलसी परीक्षामा नील समेत भएको देखिन्छ । वि.सं.२०३८ सालमा मावि भएको यो विद्यालयले लामो समयसम्म सफल नेतृत्व प्राप्त गर्न नसकी जीर्ण अवस्थामा बसेको देखिन्छ । यसै क्रममा २०६२ साल असार २३ गतेबाट यो विद्यालयमा १०+२ वा उच्च मावि सञ्चालित हुँदै अहिलेसम्म आशातीत उपलब्धि प्राप्त गर्न सफल रहेको देखिन्छ।

विद्यालयका महत्वपूर्ण दिनहरुः

क्र.सं.

मिति

सञ्चालित तह

१

२००६ बैशाख ५ गते

भाषापाठशाला स्थापना

२

२०३० चैत्र

प्रावि तह स्वीकृत

३

२०३३ श्रावण ४ गते

निमावि तह स्वीकृत

४

२०३७ फाल्गुण ९ गते

प्रस्तावित मावि तह स्वीकृत

५

२०३८ पुस ७ गते

मावि तह स्वीकृत

६

२०६२ असार २३ गते

१०+२ तह स्वीकृत

 विद्यालयका संस्थापकहरु अध्यक्षहरु:

तह

संस्थापक अध्यक्ष

प्रा. वि.

टिकामाधव सिग्देल/ हिरालाल भट्टराई

नि.मा.वि

हरिप्रसाद सिग्देल

मा.वि.

दीपबहादुर रायमाझी

१०+२

कुमारप्रसाद खतिवडा

Read More