शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षक दरबन्दी विवरण सार्वजनिक गरेको छ।
केन्द्रले स्थानीय तहसँग समन्वय गरी शिक्षक रिक्त विवरण अद्यावधिक गरेर शिक्षक सेवा आयोगलाई पठाएसँगै स्थायी शिक्षक विज्ञापनका लागि आयोगले प्रक्रिया सुरु गर्न सहज भएको हो। केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो ।
केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको दरबन्दी रिक्त रहेको छ भने माविमा विज्ञान ४३३, अंग्रेजी ३१३ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ । केन्द्रले आयोगमा पठाएको विवरणमा खुला तर्फ निमाविमा अंग्रेजी ६२२, सामाजिक ३५२, गणित विज्ञान ३६४, गणित ३७०, ऐच्छिक प्रथममा ९ गरी जम्मा २ हजार ५९३ दरबन्दी रिक्त रहेको उल्लेख छ ।
त्यस्तैगरी माध्यमिक तहमा नेपाली २३०, सामाजिक २०१,गणित २२८, ऐच्छिक प्रथममा १८ र ऐच्छिक द्वितीयमा ५९ गरी जम्मा १ हजार ५४२ शिक्षक दरबन्दी रिक्त रहेको छ । प्राथमिक तहमा १२ हजार ९१२ दरबन्दी रिक्त रहेको विवरण पठाएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।
साथै रिक्त दरबन्दीको विवरण आयोगले पाइसकेको र नियमावली संसोधनको प्रक्रियामा रहेकाले विज्ञापनको प्रक्रिया सुरु भएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए।
थप हेर्नुहाेस्ः
No comments:
Post a Comment