विदाई कार्यक्रम सम्पन्न । - Shree Sindhupuranagaun Secondary School

नयाँ सामग्री

Friday, February 18, 2022

विदाई कार्यक्रम सम्पन्न ।

 


२०७८।११।०६

मेलम्ची, सिन्धुपाल्चाेक

सिन्धुकाेट। सिन्धुपुरानागाउँ माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत ७ वर्ष देखि माध्यमिक तहको गणित विषय अध्यापन गर्दै आउनु भएकी शिक्षक श्री शान्ति गजुरेललाई विदाइ गरेको हो। उहाँ सरूवा भएर काठमाण्डौ जिल्ला, गोकर्णेश्वर न.पा. २ स्थित रहेको श्री बाल सुधार मावि, नयाँपाटी जान लाग्नु भएको हो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले खादामाला तथा अविर लगाई शिक्षक गजुरेलको सुखद् भविष्यको कामना गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले निमित्त प्रधानाध्यापक समेत रहनुभएकी शिक्षक शान्ति गजुरेलले विद्यालयमा पुर्याउनु भएको  योगदानको चर्चा गर्दै भविश्यमा पनि  विद्यालयलाई ' माइती घर ' को रूपमा लिनुहुनेछ भन्ने अपेक्षा राख्नुभएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै शिक्षक शान्ति गजुरेलले विद्यालयबाट धेरै कुरा सिकेको, विद्यार्थी तथा विद्यालय परिवारले माया गर्दा-गर्दै पनि पारिवारिक कारणले पायक पर्ने ठाउँमा सरूवा हुन लाग्नुभएको बताउनु भयो ।

कार्यक्रममा विद्यालयका शिक्षक भुपेन्द्र कट्टेलले उहाँको सहयोगको खुलेर प्रशंसा गर्दै विदाइ मन्तव्य राख्नुभएको थियो । यसैगरी शिक्षक इन्द्रकुमार तामाङले विदाइको क्षण खल्लो लागेता पनि जीवनमा मिलन विछोड भैरहने  र यो नियमित प्रक्रिया भएको बताउँदै भावि दिनहरू पनि उज्ज्वल तथा रचनात्मक शैक्षिक जिवनको कामना गर्नु भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट कक्षा ११ मा अध्ययनरत छात्रा रिना लुइटेलले पनि विदाइ मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विदाइ हुनुभएका शिक्षक शान्ति गजुरेललाइ उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले  कदर पत्र समेत प्रदान गर्नुभएको थियो ।






No comments:

Post a Comment