Shree Sindhupuranagaun Secondary School

नयाँ सामग्री

Tuesday, December 28, 2021

बालविवाह न्यूनिकरण सम्वन्धी सडक नाटक प्रदर्शन सम्पन्न

December 28, 2021 1

 इन्द्रकुमार तामाङ

१३ पौष, २०७८

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची न.पा. वडा नं ५, सिन्धुकोटस्थित सिन्धुपुरानागाउँ माध्यमिक विद्यालयमा बालविवाह न्यूनिकरण सम्वन्धी सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र उज्ज्वल तारा महिला समूह, मेनपा ११ को आयोजनामा सडक नाटक कार्यक्रम श्री सिन्धुपुरानागाउँ मावि परिसरमा अभिभावक , विद्यार्थी तथा शिक्षकहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची न.पा.का उपमेयर भगवती नेपालले जिल्लाको छिमेकी पालिकामा भएको बालविवाह उदाहरण प्रस्तुत गर्दै बालबिवाह न्युनिकरण र अन्त्य गर्न नगरपालिका लागिरहेको र बालबिवाह न्युनिकरण र अन्त्य गर्न आफू सधैँ लागिरहने प्रतिबद्धता जनाउनु भएको थियो । 

वडा नं ५ का वडाध्यक्ष सुदर्शन लुँइटेलले बालविवाह न्युनिकरण गर्न आफू र आफ्नो वडा सधैँ लागिरहने बताउनु भएको थियो । साथै उहाँले यस्तो किसिमको जनचेतना फैलाउने गरेकोमा खुसि ब्यक्त गर्दै धन्यवाद समेत दिएका थिए । उक्त कार्यक्रममा मेलम्ची न.पा. वडा नं ५ का वडा सदस्य तथा मेलम्ची न.पा. न्यायिक समिति सदस्य लुमडीराज खतिवडाले वडा नं ५ लाइ जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गर्न प्रयास गरिरहेको जानकारी दिनुभएको थियो ।

वि.व्य.स अध्यक्ष केशव पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय प्र.अ. कुमारप्रसाद खतिवडाले स्वागत मन्तव्य, कल्पना चालिसेले कार्यक्रमको ‍औचित्य राख्नुभएको थियो ।


फाेटाे फिचरः














सडक नाटक भिडियोः यहँ क्लिक गर्नुहाेस्
Read More

Tuesday, November 9, 2021

एकीकृत पाठ्यक्रम (Integrated Curriculum ) कक्षा १- ३ का विषहरूको थिम अनुसार सिकाइ उपलब्धी

एकीकृत पाठ्यक्रम (Integrated Curriculum) अनुसार कक्षा १, २ र ३ का थिमहरू ( सबै विषय )।

November 09, 2021 0



नाेटः माथीका थिमहरू विद्यालयका आधारभूत तह (१-५) का शिक्षकहरूले पाठ्यक्रमका आधारमा तयार पार्नुभएकाे हाे ।
 

Read More

Monday, October 25, 2021

प्रधानाध्यापकको मन्तव्य

October 25, 2021 0

 मन्तव्य

कुमारप्रसाद खतिवडा, प्रधानाध्यापक

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी काठमाण्डौबाट करिव ३० कि.मी. उत्तर पूर्व तथा समुन्द्र सतहदेखि १३५९ मिटर उचाइमा २७.८१० अक्षांस र ८५.५१० देशान्तरमा रहेको जिल्लाकै ऎतिहाँसिक थुम मानिने सिन्धुपाल्चोक जिल्लाकै नामकरण गर्ने श्रेय पाएको तत्कालीन सिन्धुकोट गाविस (हाल मेलम्ची न.पा. वडा नं ५) को मध्यभागमा वि.सं. २००६ साल वैशाख  ५ गते भाषा पाठशालाका रूपमा स्थापित विद्यालय नै हालको श्री सिन्धुपुरानागाउँ मा.वि. हो । राणाकालको अवशान एवं प्रजातन्त्रको गर्भाधारणको संघारविन्दुमा स्थापित यस विद्यालयले स्थापनाकालदेखि हालसम्म यस क्षेत्रमा शिक्षाको ज्योति फैलाउँदै शैक्षिक जनशक्ति उत्पादन गरेको छ । सुरूमा संस्कृत भाषाको पठनपाठन गरिने यो विद्यालयले क्रमश २०३० सालमा प्रा.वि. तह, २०३३ सालमा निमावि तह , २०३७ मा प्रस्तावित मावि तह , २०३८ मा मावि तह र २०६२ सालमा तत्कालीन उमावि तह स्वीकृत भइ गाउँमै कक्षा १२ सम्म अध्ययन गराउने स्थिति सिर्जना गरेको देखिन्छ ।

विद्यालय भनेको शैक्षिक उन्नयन र विकासको थलो हो । यहाँ सिक्ने र सिकाउने कार्य प्रभावकारी तवरले संचालन गर्न आवश्यक हुन्छ । विद्यालय मूर्त वस्तु मात्र हो यसभित्र संचालन गरिने शैक्षिक गतिविधिले उक्त विद्यालयको पहिचान स्थापित गर्न सक्दछ । समय र सन्दर्भ अनुसार शिक्षणका विधि र प्रक्रियाहरूमा पनि सुधार गर्दै जानु पर्ने हुन्छ । शैक्षिक , भौतिक मानवीय र व्यवस्थापकीय पाटोलाइ व्यवस्थित गर्न सक्दामात्र हामीले चाहेको र राज्यले खोजेको लाभ प्राप्ति गर्न सकिन्छ । हाल विद्यालयको भौतिक पाटोमा खेलमैदान भन्दा बाहेक अन्य पक्ष सबल नै रहेका छन् । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, बालमैत्री वातावरणमा सिकाइ भइनै रहेको छ ।उत्साहित, जिज्ञासु, क्रियाशील, लगनशील , इमान्दार शिक्षक स्टाफका कारण सिकाइमा सुधार भैरहेको देखिन्छ । विद्यालयमा CAS, CAR, TIP, SARP,LOCOS को प्रयोग भइरहेको छ । जसले सिकाइ सुधारमा सहयोग पुर्याएको छ । विद्यालयमा टिचिङ र नन टिचिङ स्टाफ गरी जम्मा २१ जना जनशक्तिले कक्षा नर्सरी देखि कक्षा १२ सम्म संचालन गरिँदै आएको छ । विव्यस, शिअस र शिक्षक स्टाफका बीचमा सहकार्य र सामूहिकता रहेको छ । हामी सबैको अन्तिम गन्तव्य भनेको समायानुकुलको गुणस्तरीय व्यवहारीक शैक्षिककक जनशक्ति उत्पादन गर्नु नै हो ।२१ औँ शताब्दीमा भएको विज्ञान तथा प्रविधिको तीब्र विकासले समाज दिनप्रतिदिन जटिल बन्दै गएको छ ।जटिल समाजका चाहाना र आवश्यकताहरू शिक्षाले पूरा गरिदिनु पर्छ । त्यसैले शिक्षण   प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ । नवीनतम शिक्षण प्रविधिलाइ शैक्षिक सञ्चार र प्रविधिको रूपमा प्रयोग गर्दै विश्वमा आएका नयाँ नयाँ प्रविधिलाइ शिक्षण सिकाइ कार्यमा प्रयोग गर्न नसकेमा शिक्षक र सिकारू दुवैको भविश्य अन्धकार देखिन्छ । विज्ञान तथा प्रविधिको विकासले ल्याएका कम्प्युटर, इन्टरनेट, इमेल , प्रोजेक्टर , टिभी आदिको प्रयोग गरी शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको छ । ज्ञान र सीपको खोजीका लागि इन्टरनेट , इ-पुस्तकालय र विभिन्न वेभसाइट को प्रयोग गर्न सकिने अवस्था रहेको छ । यस्तो समय सन्दर्भमा विद्यालले वेभसाइट मार्फत सार्वजनिक गर्न पाउँदा सवैमा खुसी र आभार ब्यक्त गर्न चहान्छ ।

अन्त्यमा विद्यालयको स्थापनाकालदेखी हालसम्म प्रत्यक्ष – अप्रत्यक्ष रूपमा सहयोग पुर्याउँदै आउनुभएका जग्गादाता, संस्थापक, विव्यस, शिअस पदाधिकारी एवं शिक्षक कर्मचारी, विद्यार्थी एवं अभिभावक वर्ग सवैमा समयानुकूल परिवर्तन हुँदै विद्यालयको चौतर्फी विकासमा लाग्न आग्रह गर्दै विशेषत यो वेभसाइट निर्माण गर्नुहुने हाम्रा सहकर्मी शिक्षक इन्द्रकुमार तामाङलाइ विशेस धन्यवाद एवं आभार व्यक्त गर्दछ । यो वेभसाइट मार्फत विद्यालका सम्पूर्ण शैक्षिक एवं व्यवस्थापकीय, शिक्षक तथा विद्यार्थीका नवीनतम् सिर्जनाहरू समेत प्रकाशित गर्ने प्रतिवध्दता व्यक्त गर्दछ ।

धन्यवाद !

Read More